सुरु भयो ट्रान्स हिमालय एड्भेन्चर, बाइकरहरु मुस्ताङ प्रस्थान

काठमाडौँ । बाइकरहरुको ‘ट्रान्स हिमालय एड्भेन्चर’ र्याली सोमबार काठमाडौँबाट मुस्ताङतर्फ प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरबाट बाइकरको टोलीलाई बिदाइ गरे ।
बाइकरको टोली सोमबार पोखराको सराङकोट पुग्नेछ । त्यसपछि मंगलबार कालोपानी, लेते हुँदै उक्त टोली मुक्तिनाथ पुग्ने कार्यक्रम रहेको छ । यसैगरी बाइकरहरुको उक्त र्याली मुस्ताङबाट जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुने बताइएको छ ।
पोखरामा आयोजना हुने ‘मोटो इन्डुरो च्याम्पियनसिप’ मा पुगेर बाइकरहरुको र्याली टुंगिने छ । बाइकरको टोलीलाई पोखरामा प्रदेशसभा सदस्य प्रकाश बराल, नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठ, राखेप पूर्वसदस्य सम्पन्न श्रेष्ठ, पोखरा महानगर खेलकुदका अध्यक्ष दीपक गोदारलगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
माउन्टेन स्पोर्ट्स फेस्टिभलअन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रूपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देशसमेत फैलाउन सहयोग पुग्ने गरी उक्त राइडअन्तर्गत अन्य विभिन्न कार्यक्रम पनि आयोजना गरिने आयोजक नासा नेपालले जनाएको छ ।
जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज, सेफ राइडिङ र ट्यालेन्ट हन्टजस्ता विभिन्न विभिन्न कार्यक्रम पनि आयोजना गरिने नासा नेपालले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया