विराट गोल्डकपको सेमिफाइनलको समीकरण पुरा
मेरोन्यूज
२०८० चैत २१ गते १०:४०

विराटनगर । मछिन्द्र क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रङ्गशालामा गएराती सम्पन्न खेलमा मछिन्द्रले भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
मछिन्द्रको जितमा स्टेफेन बिनोङले दुई गोल गरेका थिए भने कोलकोत्ताका साउर्थनसोनु हवल्दारले एक गोल गरेका थिए ।
अब पहिलो सेमिफाइनल खेल मोरङको साङ्ग्रिला फुटबल क्लब र विभागीय टोली एपिएफ खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा मछिन्द्रको सामना भारत सिक्किमको ड्रेगन फुटबल क्लबले गर्ने छ । पहिलो सेमिफाइनल खेल आज हुदै छ ।
गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
सम्बन्धित
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया