बारामा २ लाख ७१ हजार मेट्रिक टन धान उत्पादन
मेरोन्यूज
२०८० चैत २१ गते १०:५७

कलैया (बारा) । बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकामा एक लाख ३३ हजार आठ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी, भदैया धान ११ हजार नौ सय हेक्टरमा रोपेर ५१ हजार एक सय ७० मेट्रिक टन फलाइएको थियो । सोह्र हजार हेक्टरमा गरिएको चैते धान ८० हजार मेट्रिक टन उत्पादन भएको थियो ।
अधिकांश किसानले खेतबाट नै धान बेचेका थिए । अग्हनी प्रतिक्विन्टल रु तीन हजार चार सय, भदैया प्रतिक्विन्टल दुई हजार नौ सय र चैते धान प्रतिक्विन्टल तीन हजारमा बिक्री भएको थियो । गत वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
सम्बन्धित
















इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया