मंगलबार, पुष १५, २०८२

त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता भएका युवक मृत फेला

मेरोन्यूज २०८० चैत २१ गते १४:०४

चितवन । बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका गोरखा-७ पौवाखेतका १८ बर्षीय विवश रोकाको शव आज विहान त्रिशूली नदीमा भेटिएको छ ।

चैत १७ गते विहान चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा पाँच जनाको शव भेटिएको थियो । दुर्घटनामा विवश बेपत्ता भएका थिए ।

शव फेला परेपछि आफन्तहरुलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ ।

मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ।

दुर्घटनामा परि गोरखा नगरपालिका–७ का ९ वर्षीय बालक आगमन नगरकोटी, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका, ४१ वर्षीया हरिमाया रोका र ३२ वर्षीय अर्जुन सिर्मलको मृत्यु भएको थियो । उनीहरु एकै परिवारका हुन् ।

प्रतिक्रिया