त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता भएका युवक मृत फेला
मेरोन्यूज
२०८० चैत २१ गते १४:०४

चितवन । बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका गोरखा-७ पौवाखेतका १८ बर्षीय विवश रोकाको शव आज विहान त्रिशूली नदीमा भेटिएको छ ।
चैत १७ गते विहान चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा पाँच जनाको शव भेटिएको थियो । दुर्घटनामा विवश बेपत्ता भएका थिए ।
शव फेला परेपछि आफन्तहरुलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ ।
मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ।
दुर्घटनामा परि गोरखा नगरपालिका–७ का ९ वर्षीय बालक आगमन नगरकोटी, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका, ४१ वर्षीया हरिमाया रोका र ३२ वर्षीय अर्जुन सिर्मलको मृत्यु भएको थियो । उनीहरु एकै परिवारका हुन् ।
सम्बन्धित
















सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया