मंगलबार, चैत २४, २०८२

इलाममा एमालेका उम्मेदवारलाई माओवादीले सघाउने

मेरोन्यूज २०८० चैत २४ गते ८:२८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिएका हुन् । 

विज्ञप्तिमा माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बु र नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेका छन् । 

आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं.२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमालेको उम्मेदवार  सुहाङ्ग नेम्बाङ्ग रहेका छन् ।

प्रतिक्रिया