एचआइडीसीएलको आजदेखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला

काठमाडौं, । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले आजदेखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।
कम्पनीले संस्थापक समूहको कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । एचआइडीसीएलका अनुसार यो लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छ । यसमा वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ ।
यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।
साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्याको लागि भने हद तोकिएको छैन ।













फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
प्रतिक्रिया