कांग्रेस- एमालेबीच गठबन्धन हुन जरुरी छ- डा. शशांक कोइराला

दाङ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र एमालेबीच गठबन्धन हुन जरुरी रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन दाङले आइतबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले आफुले कांग्रेस र एमालेको नयाँ गठबन्धनको सम्भावना देखेको बताएका हुन् ।
उनले भने- ‘मुलुकमा नयाँ राजनीतिक समीकरणको सम्भावना मैले देखिरहेको छु, यो समीकरण नेपाली कांग्रेस र एमालेका बिचमा हुने छ, र यो गठबन्धन हुने उच्च सम्भावना छ ।’
यो सरकार धेरै दिन नचल्ने दाबि गर्दै कोइरालाले यसको विकल्पको रुपमा कांग्रेस र एमालेबीचको समीकरण नै भएको बताएका छन् । उनले भने- ‘मुलुकमा स्थायित्व आवश्यक छ, यो स्थायित्वका लागि कांग्रेस र एमाले बिच गठबन्धन हुनु जरुरी छ । यसर्थ यो गठबन्धनको अपरिहार्य म देख्छु ।’
कांग्रेस एमालेका बिचमा नयाँ समीकरण निर्माण गर्ने सवालमा अहिले छलफल समेत भइरहेको उनले बताए ।
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया