जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या, २ जना पक्राउ

महेन्द्रनगर (धनुषा) । जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्मा चोकमा आज २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या गरिएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अवाका अनुसार विश्वकर्मा चोकमा तीन चार जनाको एक समूहबीच झगडा हुँदा महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलिया निवासी घर भएका प्रीन्समाथि छुरा प्रहार भएको थियो । प्रीन्सलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता अवाले बताए ।
स्थानीयका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते प्रीन्स त्यहाँबाट भाग्दै गर्दा बाटोमा लडी बेहोस भएका थिए । सोही अवस्थामा स्थानीय र प्रहरीले प्रीन्सलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधामको शान्तिनगर बस्ने रोशन दास र अर्का ठेगाना खुल्न नसकेका अर्जुन साहलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता अवाले बताए।
मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया