ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई आफुहरुमाथि लाठी चार्ज गरेको आरोप लगाएका छन् । सांसद शाहीले अहिले भद्रकाली अगाडी सिंहदरबार सडकमा बसेर नाराबाजी गरिरहेका थिए ।
उनले आफुहरुमाथि लाठीचार्ज गर्नु भन्दा भ्रष्ट्राचार गर्ने नेताहरुलाई पक्राउ गर्न आग्रह गरेका छन् । उनले सांसद कोइरी संसदमै रहेको, निर्मलाका दोषी पक्राउ नपरेको, शालिकराम पुडासैनीले न्याय पाउनुपर्ने बताए ।
आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।
यस अघि भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।













समानुपातिकको बन्दसूची सार्वजनिक (पूर्णपाठ)
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया