यस्तो छ आज तपाईंको राशिफल

आज २०८० साल चैत २९ गते , बिहिवार । चैत शुक्ल तृतिया । पञ्चाङ्ग: प्रीति गर कृत्तिका । अप्रिल ११ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : ज्ञान र अध्यात्मको भावना बढ्नेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। प्राविधिक कार्यमा सफलता मिल्नेछ।
वृष : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ। अतः स्वस्थ प्रति सचेत रहनु होला। स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ तर साँझमा शुभ समाचार मिल्नेछ।
मिथुन : महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। लाभहानी, सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ। आयव्यय, सुखदुख बराबरी खालकै समय रहनेछ।
कर्कट : सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। धर्म र कर्ममा मन लाग्नेछ। आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ। आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, तर बोली वचनमा भने संयमता अपनाउनु पर्नेछ।
सिंह : रोकिए काम दोहोर्याएर गर्दा अधुरो कार्यले पूर्णता पाउनेछ। प्रेम जीवन सुखद् नै रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, सुरू गरेका काम सम्पन्न हुनेछन्।
कन्या : यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अनावश्यक धन खर्च पनि हुनेछ।
तुला : मनोरञ्जनपूर्ण समय रहेको छ। साथीभाइसँग भेटघाट र रमाइलो गरिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ।
वृश्चिक : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम र शुभ समाचार सुन्न पाइएला। गोपनीय ढङ्गले गरीएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शेयर बजारमा पनि रुचि बढ्नेछ।
धनु : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ। काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ।
मकर : काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नुपर्ने छ। निर्णय कार्यान्वयन हुन नसक्ला। यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ, साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।
कुम्भ : समय मध्यम खालको रहनेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।
मीन : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ।
















ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया