घरेलु मैदानमा लिभरपुलको लज्जास्पद हार
मेरोन्यूज
२०८० चैत ३० गते ८:५६

काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित भएको छ ।
गएराती सम्पन्न युरोपा लिगको क्वाटरफाइनलको पहिलो लिगमा एटलान्टाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एटलान्टाको जितमा गियानलुका स्कामकाले २ गोल गरेका थिए भने मारियो पासालिकले एक गोल गरेका थिए । घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको लिभरपुलले अब दोस्रो लिग भने एटलान्टाको मैदानमा अप्रिल १९ मा खेल्ने छ ।
त्यस्तै गएराती नै सम्पन्न क्वाटरफाइनलको पहिलो लिगका अन्य खेलमा एस रोमाले एसी मिलानलाई १-० गोल अन्तरले पराजित गरेको छ भने मार्सेलीले बेनिफिकालाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै लिभर कुसेनले वेस्टह्यामलाई २-० ले पराजित गरेको छ ।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया