‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधि बिन्ध्याबासिनी बाहिनीलाई

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले जितेको छ । ११ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल २१ पदकसहित बिन्ध्यावासिनी बाहिनी प्रथम भएको हो ।
नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ७ स्वर्ण, ७ रजत र ३ कास्य गरी कुुल १७ पदक र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडाैँ ४ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १३ पदकसहित क्रमशः द्धितिय र तृतिय भएका छन् । समापन समारोहमा भएको फुटबल खेलमा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई २–१ गोलको अन्तरले पराजित गरी प्रथम भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुका साथै उत्कृष्ट खेलाडी तथा बिजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गरेका थिए । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम, कर्तव्यको साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवद्र्धनको क्षेत्रमा आफुलाई क्रियाशिल गराउँदै आएको बताउदै खेलकुदमा हुने स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीहरुमा अनुशासन, कर्तव्य परायणता एवं सामुहिक भावनाको समेत बिकास हुने उल्लेख गरे ।
उनले यस्ता प्रतियोगिताले संगठनमा आपसी सहयोग, भाईचारा र बन्धुत्वको भावना बिकास हुनुको साथै खेलकुद र फौजी जीवनको अन्योन्याश्रीत सम्बन्धले सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा क्षमता र शारिरीक स्फुर्ती कायम राखी प्रभावकारी कार्यसम्पादन गर्न सहयोगी भूमिका खेल्ने बताए ।
सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई आफ्नो स्थापना कालदेखि नै महत्वका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा उत्साहजनक सहभागिता जनाउँदै आएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले संगठनमा लुकेर रहेका प्रतिभावान खेलाडीहरुको उत्पादन र बृत्तिबिकासमा निरन्तर लागि रहने बताए ।
नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत २५ गतेदेखि संचालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको थियो भने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेलहरु समावेश थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, विभिन्न खेलकुद संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया