शनिबार, चैत १४, २०८२

चितवनमा क्यान्सर उपचारमा २५ हजार सहुलियत

मेरोन्यूज २०८१ वैशाख २ गते २०:२२

नारायणगढ । चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप रु २५ हजार दिने निर्णय गरेको हो ।

रत्ननगर नगरपालिकाको विशेष नगरसभाले क्यान्सरपीडितलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार सहयोग उपलब्ध गराउने घोषणा गरिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए । उनले छिट्टै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सहयोग सम्बन्धी सम्झौता गरिने बताए ।

उनले भने, “यो सम्झौता २०८१ सालको वैशाख १ गते देखि लागू हुन्छ ।” सम्झौता अनुसार क्यान्सर उपचार गराइरहेका पालिकाभित्रका व्यक्तिले सङ्घ र प्रदेश सरकारबाट खर्च लिइसकेपछि नगरपालिकाले सहयोग रकम उपलब्ध गराउनेछ ।

“क्यान्सर भन्ने बित्तिकै पीडादायिक रोग बुझिन्छ हाम्रो पालिकाभित्र कयौँ व्यक्ति क्यान्सरको पीडामा हुनुहुन्छ”, उनले भने, “उहाँहरुको उपचारका लागि पालिकाबाट सहुलियत होस् भनी यसको सुरुवात गरिएको हो ।”

हाल रत्नगरका दुई सय सातजना क्यान्सरका बिरामी उपचाररत रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया