एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

काठमाडौँ । साउदी अरेबियाले एसीसी प्रिमियर कपमा हङकङलाई स्तब्ध बनाएको छ ।
आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा साउदी अरेबियाले हङकङलाई ५५ रनले पराजित गरेको हो ।
साउदी अरेबियाले दिएको २०३ रनको लक्ष्य पछाएको हङकङ १८.४ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो । हङकङका लागि कप्तान निजकत खानले सर्बाधिक ७३ रन बनाए भने अन्शुमान रथले २९ तथा जीशान अलीले १८ रन बनाएका थिए ।
त्यस्तै साउदीका बलर उस्मान नाजीब र जैन उल अबिदीनले ३-३ विकेट लिएका थिए भने हिशाम सेखले २ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गर्दै साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै २०२ रन बनाएको थियो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मनन अलीले ४४, फैसल खानले ३० र हिशाम सेखले २२ रन बनाएका थिए ।
यो साउदी अरेबियाको टी-२० क्रिकेटमा हङकङविरुद्ध अहिलेसम्मको पहिलो जित हो ।
साउदी अरेबियाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितपछि २ खेलमा २ अंकसहित साउदी अरेबिया समुह ए मा दोस्रो स्थानमा आएको छ । त्यस्तै हङकङको भने २ खेलमा यो पहिलो हार हो । २ खेलमा २ अंक हासिल गरेको हङकङ चौथो स्थानमा रहेको छ ।
अब सोमबार हङकङले नेपालको सामना गर्ने छ । त्यस्तै साउदी अरेबियाले मंगलबार कतारको सामना गर्ने छ ।















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया