अभिनेत्री पूजा हेगडेले किनिन् ४५ करोडको घर
मेरोन्यूज
२०८१ वैशाख ३ गते १४:२२

काठमाडौं । भारतीय अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारुको घर किनेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्रीले मुम्बईको बान्द्रामा एक समुद्र-फेसिङ बंंगला किनेकी हुन् ।
यो बंगलामा ४ हजार स्क्वायर फिटको लिभिङ स्पेस भएको बताइएको छ । यद्यपी अभिनेत्रीको तर्फबाट यस खबरको आधिकारिक पुष्टि भने भएको छैन ।
अभिनेत्री पूजा यसअघि ८ करोडको थ्रीबीएचके अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।
भारतीय मिडियाका अनुसार अभिनेत्रीको नेटवर्थ झन्डै ५१ करोड भारु रहेको छ ।
पूजाले सन् २०१६ मा रिलिज भएको फिल्म ‘मोहेन्जो दारो’बाट ऋतिक रोशनको साथमा बलिउडमा डेब्यु गरेकी थिइन् ।
यसअघि उनले तीन साउथ फिल्ममा काम गरेकी थिइन् । पूजाले ‘हाउसफुल ४’, ‘राधे श्याम’, ‘सर्कस’ र ‘किसी का भाइ किसीकी जान’ जस्ता बलिउड फिल्ममा काम गरिसकेकी छिन् ।
सम्बन्धित
















जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया