मधेश प्रदेशसभामा झडप, बैठक फेरी स्थगित
मेरोन्यूज
२०८१ वैशाख ४ गते २०:२०

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन सकिरहेका छैनन् ।
जनमत पार्टीका सांसदहरुले आफ्ना सांसदमाथि भएको आक्रमणको छानबिन समित गठन गर्नुपर्ने माग राख्दै अवरोध गरिरहेका छन् । त्यस क्रममा प्रदेशसभाको माइक समेत भाँच्चिएको छ । प्रदेशसभा सचिवालयका अनुसार माइक भाँचिएको र क्यामेरा फुटेको छ ।
दोहोरो झडपको अवस्था आएपछि सभामुखले दोस्रो पटक पनि १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
यसअघि पनि संसद अवरुद्ध हुँदा सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक करिब ५ घण्टापछि संचालन गरेका थिए ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया