शुक्रबार, चैत १३, २०८२

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबार रकम दुई अर्बमाथि

मेरोन्यूज २०८१ वैशाख ५ गते १५:५२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ञ (नेप्से) परिसूचक आज १४ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ७३ प्रतिशतले घटेर एक हजार नौ सय ९१ दशमलव ७१ अङ्कमा सीमित भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

विभिन्न तीन सय १२ कम्पनीका कूल ५४ लाख ७१ हजार ६८ कित्ता सेयर ३९ हजार चार सय ७६ पटक कारोबार हुँदा रु दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ दशमलव ५८ मा कारोबार भएका छन् ।

आजको कारोबारमा सबै उपसमूहको सूचकमा राताे देखिएको छ भने रुरु जलविद्युत् परियोजनाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

साथै एसबीएल डिबेञ्चर २०८९को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने गुर्खाज फाइनान्सको नौ दशमलव ८६, सिभिल बैंक डिबेञ्चर २०८८ को आठ दशमलव १९ र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य पाँच दशमलव ०२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया