अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखाव्यवसायी सम्मेलनको उद्घाटन समारोहमा उनले अर्थतन्त्रका केही परिसूचक सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग धन्दा विकासको माध्यमबाट अर्थतन्त्रलाई अझ चलायमान बनाउन आवश्यक देखिएको बताए ।
मन्त्री भण्डारीले भने, “सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरको सिर्जना गर्न आवश्यक देखिएको छ, यसले एकातिर अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने अर्कोतिर देशभित्रै रोजगारीका अवसर सिर्जना हुन्छ, यस कार्यमा लेखा व्यवसायी त्यसमा पनि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको भूमिका अझ महत्वपूर्ण हुने मैले विश्वास लिएको छु ।”
उनले विश्वमा कतिपय सफल मानिएका व्यवसाय गलत लेखाङ्कन र लेखाका सर्वमान्य सिद्धान्तको प्रयोग नगरिनाले सदाका लागि व्यवसाय बन्द गर्नुपरेको उदाहरण दिँदै गलत लेखाङ्कनले देशको अर्थतन्त्रलाई प्रत्यक्ष नकारात्मक असर पर्ने उल्लेख गरे ।
आर्थिक क्षेत्रको विकास विना देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री भण्डारीले भने, “आर्थिक क्षेत्रको विकासमा लेखा व्यवसायीको अहम् एवं प्रत्यक्ष भूमिका रहने कुरा सर्वविदितै छ, लेखा राख्नु नियमित काम भए पनि त्यसको विश्वसनीयता र पारदर्शिता समग्र आर्थिक विकासका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ ।”
















पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया