आइतबार, चैत १५, २०८२

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने

मेरोन्यूज २०८२ चैत १५ गते १०:०२

प्रहरीको नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालतमा पेस गरिने भएको छ।जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा शनिबार गिरफ्तार एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई हिरासत म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। 

Advertisement
nepal life insurencenepal life insurence

डाक्टरकै निगरानी राख्नुपर्ने भनिएपछि ओली महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमै छन् भने लेखकलाई महराजगन्जमै रहेको प्रहरीको २ नम्बर गणमा राखिएको छ।  जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले गरेको सिफारिसबमोजिम ज्यानसम्बन्धी कसुरमा ओली र लेखकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।

आयोगले दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको छ। अब यही दफा अनुसार प्रहरीले अनुसन्धान गरेर अदालतमा मुद्दा लैजाने प्रक्रिया अगाडि बढाउने छ। तर उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्ने कि नगर्ने भन्ने विषयमा भने अदालतको म्याद थपपछि मात्रै तय हुनेछ।

प्रतिक्रिया