शिल्पाका पति राज कुन्द्राको ९८ करोड बराबरीको सम्पति जफत
मेरोन्यूज
२०८१ वैशाख ६ गते १४:४९

काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको करिब ९८ करोड भारु बराबरको सम्पति जफत भएको छ ।
भारतको प्रवर्तन निदेशालय (ईडी) ले मनी लान्ड्रिंग केस अन्तर्गत कुन्द्राको सो सम्पत्ति जफत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीको नाममा रहेको जुहूको फ्ल्याट पनि समावेश छ ।
यस बाहेक कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट र इक्विटी शेयर पनि जफत गरिएको बताइएको छ ।
यस अघि जुलाई २०२१ मा, मुम्बई प्रहरीले व्यवसायी राज कुन्द्रालाई अश्लील फिल्म बनाउने र एपमार्फत उपलब्ध गराएको आरोपमा पक्राउ गरेको थियो। त्यसपछि पछि राज कुन्द्राले जमानत पाएका थिए ।
सम्बन्धित
















काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया