सिन्धुपाल्चोक जन्ती बस दुर्घटना : मृतकको पहिचान खुल्यो
मेरोन्यूज
२०८१ वैशाख ७ गते ११:११

काठमाडौँ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ।
दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ पिस्करमा रहेको बेहुलीको घरतर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज (शुक्रबार) बिहान तौथलीको धारावतीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका १ का मानबहादुर थामी, शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका दुलहासहित ५२ जना धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लगिएको छ ।
सम्बन्धित
















सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया