छिन्नमस्ता गाउँपालिकामा डिजिटल एग्रीकल्चर रूम स्थापना गरिने

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा डिजिटल एग्रीकल्चर रूम स्थापनाु गरिने भएको छ । कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उद्देश्यले छिन्नमस्ता गाउँपालिकाले कृषि सुचना तथा प्रशिक्षण केन्द्रको सहकार्यमा पालिकामा डिजिटल एग्रीकल्चर रूम स्थापना गर्न लागेको हो ।
कृषकहरूको समस्या समाधानको लागि डिजिटल भिलेज इन्टिएटिभ(डीभीआई)कार्यक्रम अन्तर्गत पालिकामा डिजिटल एग्रीकल्चर रुमको स्थापना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । उनका अनुसार यस रूममा पालिकाको कृषि विज्ञ, पशु विज्ञ तथा कार्यक्रम विज्ञ रहेर कृषकको बालीमा आइपरेको रोग, समस्याको समाधान गर्ने बताए । उनले यस कार्यक्रम अन्तर्गत किसानहरूको मोबाइल फोनमा टेली प्वाइन्ट डाक्टर नामको एप राख्ने बताए ।
कृषकहरूको मोबाइलमा यो एप राखिनेछ, जसबाट उनीहरूले आफ्नो बालीको फोटो खिचेर त्यसमा कुन किरा लागेको, के रोग हो थाहा पाउँछन् र त्यसको समाधान पाउँछन्, यो चौबिसै घण्टा प्रयोग गर्न सकिने अध्यक्ष चौधरीले बताए।
उहाँले पालिकामा कृषकहरुको सूचिकरण गरिने तथा सोलार वाटर पम्प समेत जडान गर्ने कार्यक्रम रहेको सञ्चारकर्मीलाई जानकारी दिए । त्यस्तै, पालिकाले डिजिटिल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्साङ्कन) कार्यक्रम सुरुवात गर्न लागेको जनाएको छ । यसबाट जग्गाहरूको फोसफोरस, पोटास, नाइट्रोजन, ओरगेनिङ्ग मेटर, टेक्सटल, जमिनहरुको किसिम लगायतको विषयबस्तुको डाटा थाहा पाउने बताइएको छ ।
यस कार्यक्रम अन्तर्गत जग्गाको अवस्था, जग्गामा मल खाद्यको लागि रणनिती बनाउन मदत पुर्याउनुको साथै संतुलित मलखाद्यको प्रयोग र कृषि उत्पादन बढाउन तथा विषादीरहित उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।

















आईसीसी टी–२० विश्वकप : आज भारत र पाकिस्तानको रोचक भिडन्त
शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया