लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगत्को भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख

कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार भएको बताएका छन्। नेपाल पत्रकार महासङ्घ सुर्खेतको १२औँ अधिवेशन तथा साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगत्को ठूलो भूमिका रहेको बताए।
प्रदेश प्रमुख परियारले समाजमा सुशासन कायम गर्दै लोकतन्त्रको रक्षा गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान हुने बताए । “नेपाल पत्रकार महासङ्घ श्रमजीवी पत्रकारहरुको छाता संस्था हो”, उनले भने, “यसले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न अझ भूमिका खेल्दै आएको छ । पत्रकार र सञ्चारमाध्यम नै राष्ट्रका सच्चा सहरेदार हुन् ।”
प्रदेश प्रमुख परियारले नीति, नेतृत्व र समग्र राज्यव्यवस्थालाई सही मार्गमा डो¥याउने, समाजमा भएका सकारात्मक विषय उठान गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न पत्रकारलाई अनुरोध गरे ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले लोकतन्त्र र सङ्घीयतामाथि भइरहेका टिप्पणीको विश्लेषण गर्दै कलमका माध्यमबाट यसको रक्षा एवं प्रवर्द्धनमा सहयोग पुर्याउन सुझाव दिए । लोकतन्त्रको विकल्प खोज्ने नभई यसको अभ्यास र कार्यान्वयनका क्षेत्रमा देखिएका कमीकमजोरी सच्याएर अगाडि बढ्ने गरी पत्रकारले पृष्ठपोषण दिनुपर्ने उनको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल ठूलो चुनौती बन्दै गएको बताउँदै यसलाई आकर्षण थलो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले पत्रकारिता क्षेत्रले खेलेको सकारात्मक भूमिकाले नै मुलुकको समृद्धि र विकासमा सहयोग पुगेको बताए ।
साधारणसभामा आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, जिल्लास्थित प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का, पेसागत सङ्गठनका केन्द्रीय, प्रदेश तथा जिल्लाका पदाधिकारी, महासङ्घका पूर्वअध्यक्षहरुलगायत करिब एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।
















प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी फिर्ताको समय दिउँसो १ बजेसम्म
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
41 days to HoR elections: Election symbol to be provided to candidates today
बाटोमा लडेर बाजुरामा एक जनाको मृत्यु
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया