चेन्नई र लखनउका कप्तानलाई १२-१२ लाख जरीवाना

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड र लखनउ सुपर जाइन्ट्सका कप्तान केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १२/१२ लाख भारु रुपैयाँ जरिवाना गरेको छ ।
आईपीएल अन्तर्गत शुक्रबार सम्पन्न लखनउ र चेन्नईबीचको खेलमा दुवै कप्तानले स्लो ओभर रेटका कारण जरिवाना पाएका हुन् । यस सिजन लखनऊ र चेन्नईको यो पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अनुसार न्यूनतम सजाय दिइएको बोर्डले जनाएको छ ।
स्लो ओभरका कारण यसअघि विभिन्न आइपिएल टिमका कप्तानलाई जरीवाना गरिएको छ । यस सिजनमा यसअघि मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई गत बिहीबार पञ्जावविरुद्धको खेलमा स्लो ओभर रेटका कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।
त्यस्तै यस अघि राजस्थानविरुद्धको खेलमा कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो । त्यस्तै गुजरात टाइटन्सविरुद्धको खेलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।
यसअघि लगातार दुई खेलमा स्लो ओभर रेटिङ गरेको भन्दै दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई २४ लाख भारु जरिवाना गरिएको थियो । कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण पन्तलाई सो जरिवाना गरिएको थियो । सो खेलमा पन्त बाहेक दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयरसहित प्लेइङ–११ मा सहभागी खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना पनि लगाइएको थियो । पन्त यस अघि चेन्नईविरुद्धको खेलमा पनि स्लो ओभर रेटका कारण १२ लाख जरिवानामा परेका थिए
त्यसैगरी यस सिजनमा सिजनको सातौं खेलमा चेन्नईविरुद्धको खेलमा स्लो ओभर रेटका कारण गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि १२ लाख जरिवाना गरिएको थियो ।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया