नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा आयोजित तीनदिने महोत्सव सम्पन्न भएको छ ।
हनुमान जन्मोत्सवका अवसरमा आइतबारदेखि सुरू भएको महोत्सव आज झाँकीसहित निकालिएको शोभायात्रापछि भण्डारा तथा प्रसाद ग्रहण गरेसँगै सम्पन्न भएको मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले जानकारी दिए । शोभायात्रामा नेपाल र भारतका सयौँ श्रद्धालु तथा सन्तमहन्थको सहभागिता रहेको थियो ।
यसअघि सोमबार अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पूजनका साथै भारतको अयोध्याबाट आएका कलाकारहरूले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायतका कार्यक्रम गरिएका हनुमानगढीका थानापती महन्त उमेश गिरी बताए ।
उनका अनुसार हनुमानगढीमा विराट हनुमानजीको सालिक निर्माणाधीन अवस्थामा रहेको छ भने अन्य भौतिक संरचनाको विकास भएमा श्रद्धालुहरूको आकर्षण थप बढ्नेछ ।









सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
प्रतिक्रिया