बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुने बताएका छन् ।
बिहीबार नेपाल तामाङ घेदुङको आयोजनामा सिन्धुलीको मरिणमा सञ्चालित ३ दिने तामाङ मातृभाषा शिक्षक पुनर्ताजगी तालिमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण एवम् सम्वद्र्धन हुने बताएका हुन् ।
उनले बागमती प्रदेश सरकारले पहिलोपटक ऐन बनाएर तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याउन लागेको भन्दै प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण गरिने बताए । उनले बागमती प्रदेश सरकारले यही वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा सार्वजनिक सभाको आयोजना गरी प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने तयारी रहेको जानकारी दिए ।
मन्त्री श्रेष्ठले वैशाख २४ गतेदेखि नै बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयलगायत सबै मातहतका कार्यालयहरूमा साइनबोर्ड, लेटर हेड नेपाली, तामाङ र नेपाल गरी ३ भाषा ३ वटा लिपिमा लेखिने बताए । उनले बागमती प्रदेश सरकारको सो निर्णय स्थानीय तहलाई पनि कार्यान्वयन गराउन निर्देशन दिइने बताए ।
मन्त्री श्रेष्ठले तुरुन्तै नियमावली बनाएर यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विज्ञ समूह गठन गर्ने बताए । उनले राष्ट्रभाषा विकास प्रतिष्ठान गठन गर्ने पनि बताए । त्यस्तै भाषा अनुवादहरूको व्यवस्था गरी सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई तामाङ र नेपाल भाषामा सेवा उपलब्ध गराउने तथा सरकारी कामकाजको भाषामा दस्तावेजीकरण र अभिलेखिकरण गर्ने पनि उनले जानकारी दिए । उनले प्रदेश राजपत्र तामाङ र नेपाल भाषामा प्रकाशन गर्ने बताए ।
मन्त्री श्रेष्ठले शिक्षा, सञ्चार, साहित्य र कलामार्फत सरकारी कामकाजको भाषाको विकास गर्ने उल्लेख गरे ।
मन्त्री श्रेष्ठले एकात्मक नश्लीय राज्यले खोसेको आदिवासी जनजातिको मातृभाषा सङ्घीयताले फिर्ता गरेको बताए । उनले सङ्घीयताको बिरोध गर्ने र प्रदेशको खारेजी गर्नुपर्छ भन्नेहरूलाई बागमती प्रदेश सरकारले गरेको यस कामलाई हेर्न चुनौती दिए । मन्त्री श्रेष्ठले सङ्घीयता नेपालको ऐतिहासिक आवश्यकता भएकाले कसैले सङ्घीयताको बिरोध गर्दैमा एकात्मक राज्य नफर्किने दाबी पनि गरे ।
मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गरेको बैशाख २४ गतेको दिनलाई उत्सवको रूपमा मनाउन प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको पनि जानकारी गराए ।
















नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया