बिहीबार, चैत १९, २०८२

उपनिर्वाचनको दिन सार्वजनिक सवारी चलाउन पाइने

मेरोन्यूज २०८१ वैशाख १४ गते १५:५५

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१)मा सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन गर्न दिने निर्णय गरेको हो ।

आयोगका अनुसार यसदिन बिरामी बोकेका एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन पनि सन्चालन हुन पाउने छन् ।

प्रतिक्रिया