राैतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा प्रहरी गस्ती टोलीले स्थानिय कटहरिया नगरपालिका स्थित लागूऔषध गाँजासहित बारा निजगढका एक दम्पतीलाई पक्राउ गरेको छ।
गाँजा सहित पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका १ बजार टोलका अटो रिक्सा चालक वर्ष ४२ को अनन्त बराइली र निजको श्रीमती वर्ष ३५ की मन्जु बराइली रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।
कटहरिया २ स्थित अस्थायी प्रहरी पोष्ट छेदिचौकबाट खटिएको गस्ती टोलीले बिशेष सूचनाको आधारमा वडा २ छेदिचौकमा प्र.२-०३-००१ह ३१५ नम्बरको अटोलाई चेकजाँच गर्दा सिटमुनि रातो झोलामा लुकाई ल्याएको १० किलो ५ सय ग्राम गाँजा बरामद गरेको थियो।
बरामद गाँजा संगै प्रहरीले अटो चालक अनन्त र निजको श्रीमती मन्जु लाई पक्राउ गरेको छ । गाँजा, अटो र चालक दम्पती लाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको तथा थप अनुसन्धान भई रहको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।













एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु
नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया