शुक्रबार, चैत २०, २०८२

नेकपा (एस) मकवानपुरको अध्यक्षमा दाहाल

मेरोन्यूज २०८१ वैशाख १६ गते ९:४३

बागमती । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णुप्रसाद दाहाल चयन भए ।

Advertisement
nepal life insurencenepal life insurence

सो पार्टीको हेटौँडामा आज बिहान सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन भएको हो । समितिको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिवमा ध्रुवकुमार भुजेल, उपसचिवमा टङ्कप्रसाद मोक्तान, कविन पन्त र बेगम बराल चयन भएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरले जनाएको छ ।

समितिको सदस्यमा सुकराम केसी, ज्ञानेन्द्र देवकोटा, रमेशकुमार राई, बिएन शर्मा, बलराम बल, राजु अधिकारी, गजेन्द्र कन्दगङ्वा, मनोज वाइबा, धन मोक्तान, शुक्रदेवी बल, सरस्वती तिम्लिसिना, रजनी तिवारी, शान्तिप्रिय बन्दनालगायत चयन भएका छन्। अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया