बुधबार, माघ ७, २०८२

एमालेको अडानपछि सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम अनिश्चित

मेरोन्यूज २०८१ वैशाख २१ गते ११:५९

धनगढी । नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेशसभा बैठक अनिश्चित भएको छ ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको बैठक अनिश्चित बनेको हो ।

प्रदेश सभा बैठकअघि बस्ने भनिएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको छैन। बिहान ८ बस्ने भनिएको बैठक पछि ११ बजेका लागि सारिएको थियो । तरअझै बस्न सकेको छैन।

यसै बिच शुक्रबार नागरिक उन्मुक्ति पार्टी रेशम पक्षले सोडारीलाई बिश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

६ वैशाखमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी संघीय सरकारको गठबन्धनका तर्फबाट संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया