सर्लाहीका अग्नि पीडितलाई सशस्त्र प्रहरीको राहत वितरण
मेरोन्यूज
२०८१ वैशाख २२ गते २०:२०

सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ ।
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत स्वरुप लत्ताकपडा, भाडावर्तन लगायतका सामान वितरण गरेका थिए ।
नायव महानिरीक्षक शाहले जस्तोसुकै आपत विपद्मा परेका नागरिकहरुको उद्धार र सहयोगको लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए ।
सो कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहार लाल यादव, नं. १० गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद खनाल लगायत स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया