गोंगबुको होटेलमा महिलाको शव फेला, एकजना पक्राउ
मेरोन्यूज
२०८१ वैशाख २४ गते १३:३८

काठमाडौं। काठमाडौंको गोंगबुस्थित होटेलमा एक महिलाको शव फेला परेको छ ।
मोरङको लेटाङ नगरपालिका–२ घर भई काठमाडौंको बाँसबारीमा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ । गत शुक्रबार एक होटेलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् । अनित कोठाभित्र रहेकै अवस्थामा बाथरुममा झुन्डिएको अवस्थामा भण्डारीको शव फेला परेको जनाइएको छ ।
मृतक महिलाका परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ ।
मृतक महिलाका परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया