बिहीबार, वैशाख १०, २०८३

अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ

मेरोन्यूज २०८१ वैशाख २५ गते २१:१४

काठमाडौं। अमेरिका पढाइ दिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नपा–२ का  ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। 

Advertisement
NiccNicc

काठमाडौं  उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो।  अमेरिका पठाउने प्रलोभनमा महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टिका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४० लाख रुपैयाँ लिई फरार भएका थिए। 

प्रहरीका अनुसार उनले पीडितलाई अमेरिका लैजाने प्रलोभनमा ब्राजिलको नक्कली वर्किङ भिषा लगाई दिएका थिए। सोही भिषा प्रयोग गरी पीडितलाई फिलिपिन्स लगि बन्दक बनाएका थिए। 

नक्कली भिषा रहेको खुलेपछि पीडितलाई फिलिपिन्स सरकारले नेपाल फर्काइ दिएको थियो। नेपाल आएका उनीहरूलाई  चौधरीसहितको गिरोहले पुनः अमेरिका लैजाने प्रलोभन दिएका थिए।  

प्रहरीका अनुसार चौधरीसहितको गिरोहले उनीहरूलाई भारतको दिल्ली लगि बन्दक बनाएका थिए। उनीहरूलाई भारतीय नागरिक प्रयोग गरि सात दिनसम्म होटल बाहिर निस्कन रोक लगाएका थिए। त्यसपछि पीडितसँग चौधरीसहितको समूहले पुनः ३९ लाख रुपैयाँ असुल गरेका थिए। त्यसपछि मुक्त भएका उनीहरू नेपाल फर्किएका थिए।

प्रतिक्रिया