डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा
मेरोन्यूज
२०८१ वैशाख २६ गते ८:०७

काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा पिएसजीलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-० को नतिजा सहित फाइनलमा पुगेको हो ।
डोर्टमण्डको जितमा खेलको ५०औं मिनेटमा माट्स हुमेल्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस अघि पहिलो लिगमा पनि डोर्टमण्डले पिएसजीलाई १-० गोल ले नै पराजित गरेको थियो ।
डोर्टमण्ड तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड त्यसपछि २०१३ मा फाइनलमा पुगेर पराजित भएको थियो ।
अब डोर्टमण्डले फाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्ने छ ।
सम्बन्धित
















पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया