पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु
मेरोन्यूज
२०८१ वैशाख २६ गते १०:३४

बर्दघाट सुस्तापश्चिम । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए। गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो । उनका दुई छोरा र एक छोरी छन् ।मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया