७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर | मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६ बालबालिकाले बीचमै पढाई छाड्नु परेको छ। राक्सिराङमा २०८० सालमा ६ हजार ९ सय २ विद्यार्थी भर्ना भएकोमा वर्ष बितिसक्दा ७ सय ६६ जनाले पढाई बिचमै छाडेका हुन्।
यस्तै, राक्सिराङ गाउँपालिका-५ चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा समेत ३६ जना विद्यार्थीले बीचमै पढाई छाडेका छन्। उक्त विद्यालयमा २ सय ८२ विद्यार्थी भर्ना भएकोमा २ सय ४६ जना मात्र नियमित रूपमा विद्यालय निरन्तर गएको पाइएको छ।
विपन्न तथा जनजाति समुदायका बालबालिकाले गरिबीकै कारण पढाई बिचमै छाड्नु परेको छ। विद्यालयले भर्ना अभियान चलाइरहेको भए पनि कति विद्यार्थीले घरपरिवारको आर्थिक अवस्थाका कारण पढाई निरन्तरता गर्न नसकेको खुलेको छ।
राक्सिराङ गाउँपालिकाका एक विद्यार्थी रश्मी प्रजा भन्छिन्, “बाबुआमाले जुत्ता विद्यालय पोशाक किन्न नसक्दा पोशाक मिलेन र विद्यालय जान गईन ।” उनकी आमाबुवाले मुस्किलले कक्षा ९ मा भर्ना गर्न सफल भए पनि विद्यालय पोशाक किन्ने आर्थिक स्रोत नभएकाले अब के गर्ने भन्ने चिन्ता बाँकी नै रहेको बताइन्छ।
यसरी गरिबीका कारणले धेरै बालबालिकाको पढाइमा नरम्रो असर गरिरहेको छ। सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गरे पनि नगदसहितको सहयोग उपलब्ध गराउन नसक्दा गरिब बालबालिका पढाइबाट बाहिरिने क्रम रोकिएको छैन।
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया