चालुआवको हालसम्म ६ बाघ मृतवस्थामा भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन् ।
बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उनले बताए । मृत भेटिएका सबै बाघ प्राकृतिक कारणले मरेको उनले बताए । उनले भने, “बाघ लजालु स्वभावको हुन्छ । जसका कारण मरेको पनि जानकारी हुँदैन”, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गर्ने गस्ती बढाएसँगै यस वर्ष निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी मात्रामा मृत भेटिएका हुन् । उनका अनुसार पछिल्लो समय निकुञ्जमा हुने चोरी सिकारी नियन्त्रणका लागि गस्ती बढाइँदै जाँदा मरेको अवस्थामा बाघ धेरै भेटिएका हुन् ।
गत आवमा निकुञ्जमा तीन वटा बाघ मृत भेटिएका थिए । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन् । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।











सञ्चारमन्त्री खरेलले गरे पोखराका विभिन्न कार्यालयको निरीक्षण
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पदावधि छँदै उपसभामुख इन्दिराले दिइन् राजीनामा
कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया