हार्दिक पान्ड्याको कप्तानीमा रहेको मुम्बई दुई खेल अगावै बाहिरियो

काठमाडौं । अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दुई खेल अगावै उपाधि दौडबाट बाहिरिएको छ ।
यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ ।
अंक तालिकामा नवौं स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकि रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो ।
अंक तालिकामा हाल कोलकाता र राजस्थानको १६–१६ अंक छ र क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यस्तै सनराइजर्स हैदरावादको १२ खेलमा १४ अंक छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टको १२-१२ अंक रहेको छ र क्रमश: चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् । चेन्नईले ११ खेल खेलेको छ भने दिल्ली–लखनउले १२–१२ खेल खेलेका छन् ।
मुम्बईको नेट रन रेट पनि निकै कम छ । बाँकी दुई खेल जितेपनि मुम्बईका लागि प्लेअफमा पुग्न १२ अंक पर्याप्त हुनेछैन । मुम्बईले पछिल्लो पटक सन् २०२० मा पाँचौं आईपीएल ट्रफी जितेको थियो ।
त्यसबेलादेखि, मुम्बई पछिल्लो चार सिजनमा २०२३ मा मात्र प्लेअफमा स्थान बनाएको थियो । यस सिजनमा मुम्बईले हार्दिक पान्ड्यालाई कप्तान बनाएपछि टिम एकजुट नरहेको र उनलाई बाँकी खेलाडीको सहयोग नरहेको विभिन्न रिपोर्टमा बताइएको थियो ।












एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया