संविधान कार्यान्वयनमा एकजुट हुन आवश्यक : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्दाको समयमा जस्तै संविधान कार्यान्वयनमा पनि सबै एकजुट हुन आवश्यक रहेको बताएकी छन् ।
आज काठमाडौँमा आयोजित ‘राष्ट्रिय महिला मादल बादन’ प्रतियोगिताका अवसरमा मन्त्री शर्माले संविधानमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याएपछि मात्रै वास्तविक लोकतन्त्र आएको महसुस गर्न सकिने बताइन् । यसका लागि राजनीतिकदेखि सांस्कृतिक क्षेत्रको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो ।
जनयुद्धको समयमा मादलको भूमिका र महत्व स्मरण गर्दैमन्त्री शर्माले सो अवसरमा प्रतियोगितामा मादल बजाउने महिला सहभागीलाई हौसला दिइन् । “हामीले धेरै पटक भाषण गर्दा पनि बुझाउन नसकिने कुरा कलाकार साथीहरुले मादल बाजाएरै बुझाउन सक्नुहुन्थ्यो”, उनले भनिन्, “मादल हाम्रो मौलिक कला र संस्कृतिको पहिचान पनि हो र यसको संरक्षण गर्नु सबैको दायित्व हो ।”
कर्णाली कलाकार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा तवला वादक सुमित्रा श्रेष्ठ, समाजसेवी सावित्री अधिकारी र लोक दोहोरी गायिका खगिसरा थापालाई ‘राष्ट्रिय नारी सम्मान–२०८१’ ले सम्मान गरिएको थियो ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया