कैलाली जग्गा तथा आवास विकास संघको अध्यक्षमा डबलबहादुर ऐर

धनगढी । कैलाली जग्गा तथा आवास विकास संघको नयाँ कार्यसमिति चयन गरिएको छ। धनगढीमा गत वैशाख १९ गते बसेको जग्गा तथा आवास विकास संघको बैठकले डबलबहादुर ऐरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
अध्यक्ष उपेन्द्र अवस्थीको अध्यक्षत्यतामा बसेको बैठक गठन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा चक्र बिष्ट, महासचिवमा कृष्णराज पन्त, सचिमा डम्बर बिष्ट र कोषाध्यक्षमा पतिराम चौधरी चयन भएका हुन्। यस्तै सदस्यहरुमा इन्द्रबहादुर चन्द्र, हिरण्ढकुमार साउद, हरि भट्ट, महेन्द्र यादव, राजन भट्ट र लालबहादुर थापा चयन भएका छन्।
यसैगरि सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार प्रभातकुमार चौधरी, उप्रेन्द्रप्रसाद अवस्थी, उमेश गिरी, पर्वत भण्डारी, दिपेन्द्र शाही, गोपाल शाही र लालबहादुर देउवा चयन भएका छन्।
नयाँ कार्यसमितिले आगामी दिनमा प्रदेश सरकार र स्थानीय तहसंग समन्वय गरेर अगाडि बढ्ने उपाध्यक्ष चक्र बिष्टले बताए। प्रदेशका अन्य जिल्लाहरुमा पनि संगठन विस्तार गर्न तयारीमा रहेको उनले बताए। संघले गत वैशाख १७ गते आफ्नो प्रथम अधिवेशन समेत गरेको थियो।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया