काभ्रेमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला
मेरोन्यूज
२०८१ वैशाख २८ गते १३:४७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरोकिलोस्थित विराजे खोल्सा जङ्गलमा आज बिहान पुरुषको शव फेला परेको छ ।
जिरोकिलो–मेलम्ची सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा मुखमा र छातीमा फलामे तारले बाँधेर रुखमा बाँधी आगो लगाइएको अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
करिब २५ वर्षको जस्तो देखिने पुरुषको शव पहिचान हुन नसकेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीयले बिहान खबर गरेपछि प्रहरीचौकी पाँचखालको प्रहरी टोली आज बिहान करिब ८ बजे घटनास्थल पुगेको हो ।
शवको प्रकृतिले घटना करिब दुई हप्ताअघि भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धानका लागि काठमाडौँबाट तालिमप्राप्त कुकुर ल्याइने प्रहरीले जनाएको छ ।
सम्बन्धित













चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं
रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया