प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित
मेरोन्यूज
२०८१ वैशाख २८ गते १८:०२

काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
शुक्रबारको बैठक नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्।
आजको दोस्रो बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।
यसैबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।
कांग्रेसका सांसदहरुको लगातारको नाराबाजीपछि सभामुखले बैठक स्थगित गरेका हुन् । जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया