वडा कार्यालयको प्राङ्गणमा स्वर्गीय रिजालको शालिक
मेरोन्यूज
२०८१ वैशाख २८ गते २१:०५

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को अध्यक्ष पदमै रहेका बेला निधन हुनुभएका स्व. मुकुन्द रिजालको शालिक अनावरण भएको छ । वडाको प्राङ्गणमा राखिएको शालिक आज अनावरण गरिएको हो ।
दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएकोले रिजाललाई २०८० भदौ १७ गते आइतबार दिउँसो १ बजे सघन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सक-एक्युट किड्नी इन्ज्युरी भएर भदौ २१ गते निधन भएको थियो ।
रिजाल अघिल्लो कार्यकालमा पनि यसै वडाको वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । स्पष्ट वक्ताका रुपमा परिचित रिजाल कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक थिए ।
वडाले करिब ८ लाख रुपैयाँ लागतमा रिजालको शालिक निर्माण गरेर अनावरण गरेको हो ।
सम्बन्धित
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया