गिल र सुदर्शनकाे कीर्तिमानी साझेदारीमा चेन्नईमाथि गुजरातकाे जित
मेरोन्यूज
२०८१ वैशाख २९ गते ७:१८

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको हो ।
गुजरातले दिएको २३२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।
पहिला ब्याटिङ गरेकाे गुजरातले कप्तान शुभमन गिलको १०४ र साइ सुदर्शनको १०३ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउँदै २३१ रन बनाएको थियो ।
गिल र सुदर्शनले पहिलो विकेटका लागि कीर्तिमानी २१० रनको साझेदारी गरेका थिए ।
यो जितपछि गुजरात टाइटन्सको १२ खेलमा १० अंक भएको छ र अंक तालिकामा आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नई सुपर किंग्सको भने यो यस सिजनमा छैटौं हार हो । १२ खेलमा ६ खेल जितेको चेन्नईको १२ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया