प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा

कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक बर्ष २०८०र८१ को नौ महिनामा १९ हजार छ सय २९ जना बिरामीलाई उपचार सेवा दिएको छ ।
प्रादेशिक आयुर्वेद चिकित्सालयका डा दुर्गाप्रसाद ढुङ्गानाका अनुसार सेवा लिनेमध्ये महिलाको सङ्ख्या ११ हजार १२ र पुरुष आठ हजार १७ जना छन् । पूर्वकर्म अर्थात् बाथरोग तथा नसासम्बन्धी विभिन्न रोगको तेल राखेर गरिने उपचार सेवा लिने महिलाको सङ्ख्या पाँच हजार छ सय ३४ र पुरुष चार हजार तीनजना रहेका छन् ।
चिकित्सालयबाट तीन हजार पाँच सय ३८ महिला र दुई हजार ३९ पुरुष बिरामीले प्रयोगशाला परीक्षण गराएका छन् । मलद्वारसम्बन्धी रोगको उपचार लिने महिलाको सङ्ख्या ११ र पुरुष १४ जना रहेको जनाएको छ ।
आर्थिक बर्ष २०७९र८० मा २९ हजार सात सय ४७ बिरामीले उपचार सेवा लिएका थिए । प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरले हाल आयुर्वेद चिकित्सालयमा होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्स–रे, पूर्वकर्म, पञ्चकर्म, शिरोधारा, छारसूत्रद्वारा पायल्स, फिसर, फिस्टुलालगायतको उपचार सेवा दिँदै आएको जानकारी दिए ।
निःशुल्क औषधि वितरण र चिकित्सालयमै जडीबुटी प्रशोधन गरी औषधी उत्पादन गर्न मेसिन जडान भइरहेको डा ठाकुरको भनाइ छ । “अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा सुदूरपश्चिम पछाडि रहेको पाएँ । मैले चिकित्सालयलाई मात्रै होइन यस प्रदेशको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचेको छु, त्यसको सुरुआत चिकित्सालयबाटै थालेको छु”, डा ठाकुरले भने ।
सुदूरपश्चिम प्रदेशमा सातवटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक अञ्चल आयुर्वेद, ३३ वटा औषधालय र ३० वटा नागरिक आरोग्य सेवा केन्द्र छन् ।










एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया