रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन् । उनले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिरमा रुद्राक्षको व्यापार गर्दै आएका छन् ।
विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रुद्राक्षको माला बनाएर व्यापार गर्न सुरु गरेको बताए । विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षको माला व्यापार गर्दा मनग्य आम्दानीसँगै सहज पनि भएको उनको भनाइ छ ।
उनले विगत छ वर्षदेखि पिण्डेश्वरी मन्दिरको अगाडि रुद्राक्षको व्यापार गर्दै आएका छन् । अहिले उनका लागि यो ठाउँ रुद्राक्षको व्यापार गर्ने थलो नै बनेको छ । रुद्राक्ष धनकुटालगायत पहाडी भेगहरुबाट खरिद गरेर ल्याई माला, झोलार ढाकीलगायत सामग्री बनाएर बिक्री गर्दै आएको विश्वकर्माले बताए । रुद्राक्षको व्यापारबाट मासिक ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए ।
आफूले रद्राक्षबाट बनाएका सामान धरानमा मात्र नभई झापा, काठमाडौँ, काँकडभिट्टा र विशेष गरी विदेशी पर्यटक झोला धेरै मन पराएर लैजाने गर्नुभएको विश्वकर्माले बताए । माग अनुसार नै कतिपय सामान बनाउने गरेको उनको भनाइ छ ।
‘गत चैत २७ गतेदेखि लागेको महाकुम्भ मेलाले राम्रो व्यापार भएर निकै फाइदा भयो’, विश्वकर्माले भने, ‘कुम्भमेलामा विदेशी पर्यटक धेरै आउनुभयो, उहाँहरुले धेरैजसो रुद्राक्षको झोला खरिद गर्नुभयो ।’
एउटा झोला एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्ने गरेको बताउँदै उनले दैनिकरूपमा झोलामात्र तीनदेखि पाँच वटासम्म बिक्री हुने गरेको जानकारी दिए । कुम्भमेलाको एक महिनाको अवधिमा सोचेभन्दा बढी व्यापार भएको उनको भनाइ छ ।
‘रुद्राक्ष विशेषगरी हरियो केशरलामा–लामा हाँगाहरुमा सेता फूल हुने स्याउले एक सुरिलो ठूलो जातका रुखमा ओखर जस्तै फल्ने गर्छ । यो विशेषगरी २७ मुखीसम्म हुन्छ भन्ने छ तर खोजअनुसार संसारभरि अहिले ३८ मुखीसम्म रुद्राक्ष पाइएको सुनेको छु’, विश्वकर्माले भने, ‘सामान्यत एकदेखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छ । एकमुखी र नौ मुखीदेखि १४ मुखीसम्मको रुद्राक्ष निकै दुलर्भ मानिन्छ ।’
धार्मिकरुपमा महादेवको प्रिय वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा रहँदै आएको छ । रुद्राक्षलाई पहाडी भेगका गाउँघरमा (दाना) भनेर चिनिन्छ ।

















शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया