मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा
मेरोन्यूज
२०८१ वैशाख २९ गते १९:२९

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहितको टोलीले राजविराजस्थित छिन्नमस्ता गाउँपालिकाको भ्रमण गरेका छन् । आज छिन्नमस्ता आएका उनले सखडा भगवतीको दर्शनसँगै पालिका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।
छलफलका क्रममा अर्यालले पालिकाको सर्वाङ्गीण विकासका निमित्त आफूहरू हरेक क्षण तयार रहेको प्रतिबद्धता जनाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पालिकाको गौरवको आयोजना सञ्चालन गर्न उनीहरू सहयोग गर्ने प्रतिबद्ध रहेको अध्यक्ष चौधरीले बताए ।
टोलीमा मुख्य सचिव अर्यालसहित, प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट माहाशाखाका उपप्रमुख उत्तरकुमार खत्री, आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख खेमराज ओझासहितका व्यक्तिहरू रहेका थिए ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया