कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
मेरोन्यूज
२०८१ वैशाख ३० गते १८:५२

बागलुङ। कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका-४ घर भइ हाल कपिलबस्तुको बाँणगंगा नगरपालिका-७ बस्ने ५१ वर्षकी दुर्गा गौतम भन्ने दुर्गा आचार्य र उनकै सहोदर बहिनी ४६ वर्षीय पार्वती आचार्य रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले दुवैलाई वैसाख २२ गते कपिलबस्तुकै बाँणगंगा स्थित बनगाई भन्ने स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
बागलुङ प्रहरीका सूचना अधिकारी बिजय यादवका अनुसार उनीहरूलाई जिल्ला अदालतमा पेश गरेकोमा अदालते कारागार चलान गरेको जनाएको छ। फैसला कार्यान्वयनका लागि अदालतले आदेश दिएपछि दुवैजनालाई प्रहरी हिरासतबाट कारागार पठाइएको हो।
सम्बन्धित











एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
प्रतिक्रिया