मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नं को मोटर साइकलको पछाडि सवार २३ वर्षीय इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल घाइते भएका छन् । विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-००६ ख. २७१६ नं.को टिपरसँग भेट हुँदा मोटरसाइकल अनियन्त्रित भएको थियो ।
अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
लागर्चेमा बोलेरो दुर्घटना, यात्रु सकुसल
मेलम्चीबाट भोताङ जाँदै बोलेरो दुर्घटना भएको छ । पसलको सामान बोकेर भोताङतर्फ जाँदै गरेको बा ११ च ९४४२ नम्बरको बोलेरो पाँचपोखरी ८ लागर्चेको आएडाँडोमा दुर्घटना भएको प्रहरी चौकी खाल्डेका प्रहरी हबल्दार जयराम काफ्लेले जानकारी दिए।
बोलेरोमा सवार चार जना सकुसल रहेको र बोलेरो करिब ३० मिटर तल झरेको प्रहरीले जनाएको छ ।
















चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
अन्तरिम सरकारका ४ मन्त्री चुनावी मैदानमा
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया