मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नं को मोटर साइकलको पछाडि सवार २३ वर्षीय इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल घाइते भएका छन् । विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-००६ ख. २७१६ नं.को टिपरसँग भेट हुँदा मोटरसाइकल अनियन्त्रित भएको थियो ।
अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
लागर्चेमा बोलेरो दुर्घटना, यात्रु सकुसल
मेलम्चीबाट भोताङ जाँदै बोलेरो दुर्घटना भएको छ । पसलको सामान बोकेर भोताङतर्फ जाँदै गरेको बा ११ च ९४४२ नम्बरको बोलेरो पाँचपोखरी ८ लागर्चेको आएडाँडोमा दुर्घटना भएको प्रहरी चौकी खाल्डेका प्रहरी हबल्दार जयराम काफ्लेले जानकारी दिए।
बोलेरोमा सवार चार जना सकुसल रहेको र बोलेरो करिब ३० मिटर तल झरेको प्रहरीले जनाएको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया