बिहारका पूर्व उपमुख्यमन्त्री सुशील मोदीको निधन

काठमाडौँ । भारतको बिहारका पूर्व उपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन भएको छ । क्यान्सरसँग लडिरहेका मोदीको सोमबार दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफ्नो बिरामी भएको जानकारी सार्वजनिक गरेका थिए ।
सुशील कुमार मोदीको निधनमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव, तेजस्वी यादवलगायतका नेताहरूले गहिरो शोक व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘पार्टीमा मेरा अमूल्य सहकर्मी र दशकौंदेखि मेरा साथी सुशील मोदी जीको असामयिक निधनबाट अत्यन्तै दुखी छु। बिहारमा भाजपाको उदय र सफलतामा उनको अमूल्य योगदान रहेको छ। आपतकालको कडा विरोध गर्दै उनले विद्यार्थी राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएका थिए ।’
लालु यादवले मोदीको निधनमा दुख व्यक्त गर्दै आफू विगत ५१–५२ वर्ष अर्थात पटना विश्वविद्यालय विद्यार्थी युनियनको समयदेखिको साथी रहेको लेखेका छन् ।















भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा
तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
44 days to HoR election: Citizenship mandatory for filing of candidacy
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, आज ताेलामा कति ?
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
प्रतिक्रिया